इटहरी, ३१ बैशाख । लायन्स क्लब अफ तरहराले हिजोदेखी आसपासका क्षेत्रमा राहत बितरण गरेको छ । ज्याला मज्दुरी गरेर जिबिका चलाउनेहरुको लागि सहज होस भनि क्लबले इटहरीको १, २, १९ र २० नम्बर वडामा राहत बितरण गरेको २०१९÷२० की अध्यक्ष मेनुका गिरीले जानकारी दिनुभयो । लायन्स मेम्बरहरुको सहयोगमा संकलित खाध्यान्न एक सय भन्दा बढी परिवारका लागि बितरण गरीएको हो । चामल, दाल, नुन र न्यूटोला बितरण गरीएको अध्यक्ष गिरीले जानकारी दिनुभएको छ । उहाँका अनुसार तरहरा आसपासका क्षेत्रमा बितरण गरीएको राहत मज्दुरी बर्गको घरमा साच्चैको राहतको काम गर्नेछ । अझै केहीदिन राहत बितरण गरीने र राहत बितरणका लागि संकलनकार्य जारी रहेको छ । क्लबले बिभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएको छ ।।

तपाईको प्रतिक्रिया