इटहरी, २९ चैत्र । पहिलो चरणको राहत बितरण गरिसकेको इटहरी २० को वडाकार्यालय अहिलेभने लकडाउन कार्यान्वयन गराउने अभियानमा जुटेको छ ।
पहिलो चरणमा ८ सय बढी परिवारलाई राहत बितरण सकेको वडाकार्यालयले दोस्रो चरणको राहत बितरणका लागि तथ्याङ्क संकलन सहित लकडाउनलाई कडाईका साथ कार्यान्वयन गर्ने अभियानमा जुटेको हो ।
इटहरी २०मा तथ्याङ्क संकलन जारी रहेको समयमा लकडाउन उल्लंघन हुनथालेपछी तरहरा प्रहरी चौकीको समयन्वयमा लकडाउन कार्यान्वयन कडाई गरी २० ओटा मोटरसाईकल १० साईकल सहित चालकलाई पनि नियन्त्रणमा लिएको वडा अध्यक्ष मणीराम श्रेष्ठले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार मोटरसाईकल चालकलाई साझपख छोडिएपनि सवारी साधन भने नछोडिएको हो । साईकल र चालकलाई भने आईन्दा घरमै बस्ने सर्तमा छाडिएको छ ।
वडाबासीले पटक पटकको आग्रहलाई अटेर गरेपछी वडाबासीकै स्वास्थ्यलाई ख्याल गरी कडाई गरीएको वडाअध्यक्ष श्रेष्ठले जानकारी दिनुभएको छ ।
आफु नागरिकको स्वास्थ्यमा संबेदनसिल बनेको बताउदै वडाअध्यक्ष श्रेष्ठले सबैलाई लकडाउनको अवधिभर घरमै बसेर सहयोग गरीदिन आग्रह गर्नुभएको छ ।
आज बिहानैदेखी सकृयता देखाएर सबैलाई सजग गराउने क्रममा लगडाउन उल्लंघन गर्ने केहीलाई सवारीसाधन सहित नियन्त्रणमा लिएको र सवारी चालकलाई मात्र छाडेको तरहरा प्रहरी चौकीमा भएको तथ्याङ्कले देखाएको छ ।

तपाईको प्रतिक्रिया