गणेश निरौला
इटहरी, २८ चैत्र । भनिन्छ कुनैपनि रोग लाग्दा रोग प्रतिरोधक क्षमता कम भएकालाई छिटो लाग्ने र सताउने गर्छ । रोग प्रतिरोधक क्षमताको बृद्धि योग, प्रानायम र ध्यान ले गर्छ । जीवन बिकास बिषेशज्ञ रमेश नेपालका शब्दमा जसले नियमित योग, प्रानायम र ध्यान तथा ब्यायम गर्छ उसको रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ ।
अहिलेको कोरोना भाईसरबाट बच्नको लागि योग ध्यान र प्राणायमनै उत्तम उपाए भएको जीवन बिकास बिषेशज्ञ नेपालले बताउनुभएको छ । यसअघि २०७२ सालको महाभुकम्पमा मानसिक ?पमा बिक्षिप्त भएका तथा बिचलित भएकाह?लाई शविरिमै गएर योग, प्रानायम र ध्यान गराएको जीवन बिज्ञानले अहिले कोरोना भाईसरको महामारिको समयमा पनि बिधुतिय प्रयोगशालाको माध्यमबाट योग, प्रानायम र ध्यानका कक्षाह? संचालन गराईरहेको छ ।
मानिसमा बिचलन आउन नदिनका लागि जीवन बिकास बिषेशज्ञ एलपी भानु शर्माले ५ सुत्र सार्वजनिक गर्नुभएको छ । उहाँका अनुसार, सतबिचार, सत्कर्म, योगाभ्यास, प्रानायम र ध्यान रहेको छ । समस्यालाई वलवान हुन नदिईकन मानिस आफै वलवान हुनुपर्ने उहाँले तर्क छ ।

जीवन बिकास बिषेशज्ञ रमेश नेपाल तथा एल पी भानु शर्माले दैनिक फेसबुक लाईभ गरी मानिसमा महामारिको ?पमा रहेको कोरोनाको कारण आउने बिचलनबाट बच्ने उपायाका बारेमा जानकारी गराईरहनुभएको छ ।
शौर्यक्रान्ति ध्यान बिधि तथा बिभिन्न बिधिह? सहित योग, प्रानायम र ध्यानद्धारा मानव जीवनलाई कसरी सहज बनाउन सकिन्छ तथा रोग प्रतिरोधात्मक क्षमताको बृद्धि कसरी गराउन सकिन्छ भन्दै बिषेशज्ञ द्धवयले आम नेपालीह?लाई सजग गराउने कार्य गरीरहनुभएको छ ।

देशैभरी अहिलेसम्म जीवन बिज्ञानका साँढे सात सय शिक्षक, प्रशिक्षक रहेको जानकारी दिदै जीवन बिज्ञान प्रतिष्ठान नेपालका संयोजक होमनाथ आचार्य भन्नुहुन्छ, प्रयोगशाला बन्द हुदा प्रयोगशाला जान नपाएका शाधक साधिकाह?का लागि बिद्युतीय प्रयोशाला प्रभावकारी भएको छ, । व्यावस्थापनमा केही समस्या भएपनि आवस्यक नियमको दायराभित्र रही प्रभावकारी ?पमा सबै शिक्षक तथा प्रशिक्षकह?लाई बिद्युतीय प्रयोगशाला संचालन गर्न उहाले आग्रह गर्नुभएको छ ।

जीवन बिज्ञान प्रतिष्ठान एक नम्बर प्रदेशको कुरा गर्ने हो भने अहिले एक नम्बर प्रदेशमा बिभिन्न जिल्लामा शिक्षक तथा प्रशिक्षकह? बिद्युतिय कक्षाका लागि सकृय रहेको जीवन बिज्ञान प्रतिष्ठान एक नम्बर प्रदेश समिति संयोजक तथा शिक्षक बालिका खड्का भट्टराईले जानकारी दिनुभएको छ । बिद्य’तीय प्रयोगशालाले बिस्व शान्तिको कामना गर्दै बिश्वभरीनै छरिएर रहन’भएका नेपालीह?लाई लक्षित गरी यो कार्यक्रम ल्याइएको उहााको भनाई छ . उहाँका अनुसार एक नम्बर प्रदेशमा जीवन बिज्ञानका चार जना शिक्षक र १ सय १८ प्रशिक्षक रहेका छन् । जसमध्ये झापा भद्रपुरबाट शिक्षक सुमना दाहाल , प्रशिक्षक लक्ष्मण न्यौपाने , पुस्पा पोख्रेल न्यौपानेले बिद्युतिय प्रयोगशाला फेसबुकबाट लाईभ गरी सबैलाई घरमै बसी बसी योग ध्यान गर्न सहयोग गरीरहनुभएको छ । मोरङबाट बिराटनगरमा रिता कार्की , बेलबारीमा चन्द्र लिम्बू , सुन्दर हरैचामा कृष्ण आचार्यले फेसबुक लाईभ गरीरहनुभएको छ । यस्तै उदयपुर गाइघाट पवन कट्वाल, सबु थापा ऋचा झा सहितका प्रशिक्षकह?ले फेसबुकबाट आम जनमानसलाई योग ध्यान सिकाईरहनुभएको छ । एक नम्बर प्रदेशको सुनसरीमा भने जीवन बिज्ञानको चहल पहल अन्यँ जिल्लाको तुलनामा अलि बढी रहेको छ । सुनसरीमा सरकारले भेला हुन निषेध गर्नु अघिसम्म ३३ प्रयोगशालाबाट झण्डै २ हजार ५ सयले योगध्यान र प्राणायमबाट फाईदा लिएपनि केही समय देखी सबै कृयाकलाप बन्द रहेको जिवन बिज्ञान प्रतिष्ठान सुनसरी संयोजक केदारमान कार्कीले जानकारी दिनुभएको छ ।

एक नम्बर प्रदेशका अन्यँ जिल्लाको तुलनामा सुनसरीमा सकृय रहेको जीवन बिज्ञान प्रतिष्ठानमा अहिलेसम्म २ जना शिक्षक र ५३ जना प्रशिक्षह? रहनुभएको छ । जसमध्ये सुनसरीबाट मात्र २० जनाले बिद्युतिय कक्षा संचालन गरीरहनुभएको छ ।

जीवन बिज्ञान प्रतिष्ठानको एक नम्बर प्रदेश समिति संयोजक समेत रहनुभएको शिक्षक बालिका खड्का भट्टराई धरानबाट बिद्युतिय कक्षा संचालन गरीहरनुभएको छ । यस्तै सुनसरी संयोजक केदारमान कार्की र सुशिला मैयाँ शाहिले इटहरीबाट बिद्युतिय कक्षा संचालन गरी योगध्यान र प्राणायम गराईरहनुभएको छ । इटहरीबाट प्रशिक्षक क्षेत्रबहादुर कार्की र सीता कार्की, तारा गिरी, सन्देश थापा, मञ्जु बस्नेत, अनिता बराल, उषा बराल, विनिता बन्जरा, सबिता कोइराला, बिश्वनाथ भट्टराई, रमा ओझा, बालकुमारी खतिवडा, रमा वराल, टि.पी. बराल, दुर्गा पोखरेल, नरेन्द्र अधिकारी र सबैभन्दा कान्छि प्रशिक्षक ११ बर्षिय यासिका अधिकारी लगायतले योग, प्रानायम र ध्यान बिद्युतिय कक्षा सामाजिक संजाल फेसबुकबाट लाईभ गरी आम मानिसलाई योगध्यान र प्राणायम गराई रहनुभएको छ ।
इटहरी नागरिक समाजका अध्यक्ष दिनेश रसाईलीले वर्तमान अवस्थामा योग प्रानायम र ध्यान आवस्यक रहेको र त्यसका लागि आफुले पनि जीवन बिज्ञानको बिद्युतीय प्रयोगशाला प्रयोग गरीरहेको जानकारी दिनुभएको छ । यस्तै काठमाण्डौका धर्म सुवेदीपनि बिहान बिद्युतीय प्रयोगशालाको माध्यमबाट योग, प्रानायम र ध्यान गरेको र आफुलाई पनि अहिलेको अवस्थामा आनन्द महसुश भएको बताउनुहुन्छ ।
आफुलाई तनाव भएकोबेला योग ध्यानले आफुलाई मुक्त गराएको बिद्युतिय प्रयोगशाका साधक टेकनाथ कोइराला बताउनुहुन्छ । उहाँले आफुले बिद्युतिय प्रयोशालाबाट योग ध्यान र प्राणायम गरीरहेको प्रतिकृया दिनुभएको छ । बिद्युतिय प्रयोगशालाले नेपालमा बस्नेमात्र नभै बिदेशमा बस्ने नेपालीलाई समेत फाईदा पुगेको छ । अष्ट्रेलियमा रहनुहुने सागर गौतम भन्नुहुन्छ जीवन बिज्ञानको कार्यक्रमले आफुलाई फुर्तिलो बनाएको छ । कोरोनाको त्रासमा राति निन्द्रा नलागेकोमा योग, ध्यान र प्राणायम गरेपछि भने निद्रा लाग्न थालेको उहाँको अनुभव छ । साउदिमा हुने चन्द्र काफ्ले दिपक घिमिरे यस्तै भारतको हरीद्धारमा बस्ने राजन प्रणामीले पनि पछील्लो समयमा नियमित ?पमा बिद्युतिय प्रयोगशालाबाट योगध्यान गरीरहनुभएको छ । उहाँह?को अनुभव पनि योगध्यानले तनावलाई नियन्त्रण गर्ने रहेको छ ।

जीवन बिकास बिषेशज्ञ रमेश नेपालले अहिलेको संकटले मानवजातिलाई बिचलन ल्याएको र योगध्यान प्राणायमले मात्र बिचलित मनलाई एकतृत गराई शान्त बनाउने हुदा बिद्युतिय कक्षा प्रभावकारी भएको बताउनुभएको छ । जीवन बिज्ञानका शिक्षक तथा प्रशिक्षकह?ले बिना स्वार्थ खटेको उल्लेख गर्दै नेपालले राज्यले पनि योग ध्यान र प्राणायमका लागि आम मानव जातीलाई सचेत गराउनु आवस्यक रहेको उल्लेख गर्नुभएको छ । जीवन बिज्ञानका शिक्षक तथा प्रशिक्षकह?ले नेपालमा सामाजिक संजाल फेसबुकबाट बिहान र साँझको समयमा लाईभ गरेकाले पनि स्वदेश तथा बिदेशमा रहने नेपालीह?ले लाभ उठाईरहेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया