इटहरी, १६ चैत्र । कहिले संचारकर्मीलाई लोपारेर त कहिले अपशब्द बोलेर चर्चामा आउने इटहरीका मेयर आजको दिन भने राहत बितरणमा राजनिति गरेर चर्चामा आएका छन् । केहीदिनदेखी गुमनाम भएका मेयर चौधरी आज भने राहतमा पनि राजनिति गरेको भन्दै बिवादमा आएका हुन् ।
नेपाल सरकारले कोरोना भाईरसको संक्रमण फैलिन नदिन नगरबासीलाई सचेत गराउनु पर्नेमा भिडभाडका साथ वडाका जनप्रतिनिधिलाई पनि थाहा नदिईकन राहत बितरण गर्ने नाममा राजनिति गरेको भन्दै बिवादित भएका हुन् ।
यस्तो बिषम परिस्थितिमा संयमित भई भिडभाड हुन नदिईनु स्थानिय सरकारको समेत दायित्व हुनुपर्नेमा ३ सय बढीको भिड बनाएर आफुहरुलाई समेत जानकारी नदिईकन राहत बाढ्ने नाममा राजनिति गर्नु समस्या भएको इटहरी १ का कार्यबाहक वडा अध्यक्ष नबिन पोखरेलले बताएका छन् । पोखरेलले भने मलाई वडामा सिफारिसका आधारमा राहत बितरण गर्ने भनिएको थियो तर कुनै खोजी खबर नगरी मेयर चौधरी राहतका लागि आउँदा आफु अचम्ममा गरेको बताए ।
इरीको वडा नम्बर १ र १७ को सिमानामा पर्ने मुसहर बस्तीमा मेयर चौधरी आफैं राहत बितरण गर्न पुगेका बेला स्थानीय अत्याधिक आई भिड बढ्न थालेपछी बिवाद भएको थियो । इटहरी १७ का वडा अध्यक्ष भगवानलाल साहले पनि आफुहरुलाई जानकारीनै नदिई अनावस्यक भिडभाड गरेर राहतमा राजनिति गरेको आरोप लगाएका छन् ।
इटहरी उममहानगरपालिकाको हिजो बसेको बैठकले इटहरी पालिका भित्रका बिपन्न परिवारलाइ ८ सय रुपैयां बराबरको तेल चिनि,दाल,नुन चामल बितरण गर्ने योजना भएपनि मेयर चौधरीले प्रतिपरिवार करिब १० केजी.चामल र एक के.जी. नुन का दरले राहत लिएर मुसहर बस्तीमा पुगेर बिना समन्वय राहतमा राजनिति गर्न खोजेको इटहरी १ मै बसोवास गर्ने अधिवक्ता रमेश पोखरेलले बताएका छन् ।
चर्चित मेयर चौधरीले स्थानीयको स्वास्थ्य सुरक्षामा ख्याल नगरी राहत बितरण गरेपछि स्थानीयले बिरोध गरेका हुन् ।
राहत बाड्ने भन्दै सयौंका सङ्यामा भेला भएका स्थानीयले राहत स्थलमा स्वास्थ्यमाथि कुनै सुरक्षा नराखी सयौंलाई भेला गरेको भन्दै आक्रोस पोखेका छन् ।
यस बिषयमा इटहरी उपमहानगरपालिकाका मेयर द्धारीकलाल चौधरीले भने राहत जस्ले बाडेपनि हुने भन्दै सके आफैं आएर राहत बितरण गर्नु तर काम गर्नेलाई गर्न दिनु भन्दै गैरजिम्मेवारी प्रतिकृया दिएका छन् ।।

तपाईको प्रतिक्रिया