इटहरी, १५ चैत्र । नेपालमा कोरोना भाईरस पाँचजनामा देखिएको छ । बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै ५ जनामा कोरोना भाईरस देखिएको हो । युरोपबाट फर्किएकी १९ वर्षीया किशोरीमा संक्रमण पुष्टि भएको हो ।
पाँचजना माध्ये एक निको भएर घर गइसकेकी छन् भने अन्यँको उपचार भैरहेको छ ।
यता, सुनसरीको इटहरीबाट कोरोना भाइरसको आशकामा दुइ जनालाइ धरान स्थित वीपी कोइरालामा पठाइएको छ । कोरोना भाइरसको लक्ष्यण देखिएको भन्दै दुईजनालाई धरान स्थित प्रतिष्ठान पठाइएको हो ।
दुईजनामा कोरोना भाईरसको जस्तै लक्षण देखिएपछी परिक्षणका लागि प्रतिष्ठान पठाइएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । परिक्षणपछी दुइ मध्य एक जनालाइ मोरङको डागीको क्यारेन्टाइनमा पठाइएको छ । अर्को एक जनालाइ भने प्रतिष्ठानमै राखिएको प्रहरीले जानकारी दिएको छ । इटहरीको कुन वडाका नागरिकमा कोरोनाको आशंका गरिएको हो भनि राखेको जिज्ञाशामा इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले अहिले ठेगाना बताउन नमिल्ने जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया