इटहरी, १४ चैत्र, । लकडाउनमा विपन्नलाई खान समस्या हुने भएको भन्दै इटहरी काग्रेसले अति विपन्न परिवारलाई खाद्यन्न बाढ्न सहजता ल्याउनका लागि वडा स्तरमा तथ्याक संकलन गरेको छ ।
इटहरीका प्रत्येक वडाहरुमा दैनिक ज्यालादारी र मजदुरहरुको परिवार संख्या पत्ता लगाउने कार्य भएको नेपाली कांग्रेस इटहरीले जानकारी दिएको छ ।
नेपाली काग्रेस इटहरीका सभापति हेमकर्ण पौडेलको सकृयतामा ५ सदस्सीय समिति बनाएको थियो । हामी विपन्नको घर घरमा चामल पुराउने छौ सभापति पौडेलले भन्नुभएको छ । सह सभापति कोवितजंग कार्कीको नेतृत्वमा बनेको समितिमा मिलन त्रिताल,सुमित थापा,विक्रम घिमिरे, देवराज थापारहनुभएको छ ।
यसैबीच नेपाल बिद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य सुर्य राईले इटहरीमा रहेका सडक वालवालिकाहरुलाई खाना खुवाउने हुनुभएको छ । राईले लकडाउन अवधिभर सडकबालवालिकालाई खाना खुवाउने घोषणा गरी कार्य सुरु गर्नुभएको हो । उहाँले यस बिपदमा सबैले सहयोग गर्नुपर्ने बताउदै आफुले सडक बालवालिकाहरुलाई खाना खुवाउने घोषणा गर्दै कार्य सुरु गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया