इटहरी, १४ चैत्र । इटहरीमा क्वारेन्टाईन निर्माणका लागि सहयोग गर्ने दाताहरुको संख्या बढ्दो रहेको छ । केही दिन अघिमात्र इटहरीमा पहिले रहेको टि.आर हस्पीटलले बेड दिने घोषणा गर्नु, इटहरीमा रहेको सामूदायिक अस्पतालले आफ्नो भवन प्रयोग गर्न घोषणा गरेसंगै अन्यँ दाताहरु पशुपति मोडेल अस्पताल, बेदान्त अस्पतालले बेड दिएपछी क्वारेन्टाईन तयार गर्न सहज भएको हो ।
क्वारेन्टाईन निर्माणका लागि आज मात्र बिभिन्न दाताहरुसंग संकलन गरी इटहरी २० ले १५ थान बेड हस्तान्तरण गरेपछी निकै सहज भएको इटहरी उप महानगरपालिकाकी उप प्रमुख लक्ष्मी गौतमले जानकारी दिनुभएको छ । क्वारेन्टाईनका लागि बिभिन्न होटलहरुले आफ्नो होटल दिन तयार रहेको बताईरहेको समयमा उप प्रमुख गौतमले मापदण्ड पुगेका होटलहरुपनि प्रयोग गर्न सकिने जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो तर मापदण्ड नपुगेका होटल तथा ठाँउ भने प्रयोग गर्न सकिदैन ।
क्वारेन्टाईनका लागि आज सम्ममा ६३ बेड तयार भैसकेको प्रमुख गौताले जानकारी दिनुभयो । उहाँले बिभिन्न स्वास्थ्य संस्था सहित सरकारी अस्पताल इटहरी अस्पताल र अन्य संस्थाको समेत बेड संकलन गरीएको जानकारी दिनुभएको छ ।
उप प्रमुख गौतमले आफुले क्वारेन्टाईनका लागि आवस्यक तयारी गरी नेपाली सेनाको स्वास्थ्य प्राबिधिक टोलिलाई हस्तान्तरण गरीने जानकारी दिनुभएको छ । भोलिसम्ममा १ सय बेड निर्माण गर्ने लक्ष्य रहेको पनि उहाले जानकारी दिनुभएको छ । अहिलेसम्म सहयोग गर्ने सहयोगि मनहरुलाई धन्यवाद समेत दिनुभएको छ ।।

 

तपाईको प्रतिक्रिया