सपना न्यौपाने
इटहरी ९ असोज । देशमा भैरहेको हत्या, बलात्कार, महङ्गी नियन्त्रणका लागि नेपाल महिला संघ सुनसरीले शसक्त बिरोध गरीरहेको छ । महिला संघ सुनसरीले सरकारले हत्या बलात्कार तथा महङ्गी नियन्त्रणका लागि उदासिनता देखाएको भन्दै बिभिन्न कार्यक्रमहरुमार्फत बिरोध गरेको हो ।
गाँउ गाँउमा पुगेर महिला तथा वालवालिकाहरुलाई जनचेतना समेत जगाउने कार्य भैरहेको नेपाल महिला संघ सुनसरी जिल्ला सभापति बिजया कट्वालले जानकारी दिनुभएको छ ।
केही दिन अघि मात्र महिलासंघ सुनसरीले जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउदै ध्यानाकर्षण गराएको छ । जिल्ला सभापति बिजया कट्वालको नेतृत्वमा गएको महिलाहरुले सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझाउदै जिल्ला सभापति कट्वालले दिन दहाडै ब्यक्तिको हत्या हुनु, देशका बिभिन्न भागमा बालवालीका युवती र बृद्धाको समेत बलात्कार हुनु र प्रमाण लुकाउन हत्या सम्मका घटनाहुदा समेत राज्यले उदासिनता देखाएकोमा आफुहरुले सरकारको ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाउदै आन्दोलनमा उत्रिएको बताउनुभएको छ ।
आन्दोलन गर्न कसैलाई रहर नभएको बताउदै सभापति कट्वालले दोषीलाई उम्काउन राज्य लागेकोले आफुहरुले आन्दोलन गर्नुपरेको बताउनुभएको छ ।
देशभरीबाट धेरै निर्मलाहरुको बलात्कार तथा बलात्कारपछी हत्या हुदापनी राज्य उदासिन बनेकाले आफुहरु आन्दोलनमा जानुपर्ने अवस्था आएको कट्वालले जानकारी दिनुभएको छ ।
यता, महिला संजाल इटहरी अध्यक्ष तथा नेपाली कांग्रेस जिल्ला सदस्य बिमला ढकालले पछिल्लो समयमा भएको महिला बालवालिकामाथि भएको बलात्कार र बलात्कारपछी हत्याका घटना हुनु निन्दनिय भएको र यसमा राज्यकाले चरम लापर्वाही गरेको आरोप लगाउनुभएको छ । महिला तथा वालवालीका माथि भएको जघन्यँ अपराधमा पनि राज्यको उदासिनता हुनु राज्यको असक्षमता भएको ढकालले बताउनुभएको छ । राज्य पिडितलाई न्याय दिलाउन भन्दापनी पिडकलाई जोगाउन लाग्नु देशमा न्याँय हराएको आभाष भएको ढकालको भनाई छ ।
हत्यारा पत्ता लगाई दोसीलाई आजन्म काराबासको सजाया नभएर राज्य कानमा तेल हालेर आनन्द मानी बस्ने होभने देशैभरीबाट आन्दोलनको आधी वेहरी आउने र त्यसको नेतृत्व महिलासंघले गर्ने ढकालले प्रतिकृया दिनुभएको छ । पछिल्लो समयमा देशका बिभिन्न भागमा महिला तथा वालवालिका बलात्कार तथा बलात्कार पछी हत्या हुने गरेपनी राज्यले दोसीलाई पक्राउ गरी उचित कार्बाही गर्न नसकिरहेको जनगुनासो बढ्न थालेको छ ।

राज्य उदासिन भैरहेको समयमा देशैभरीबाट महिला संघले भने बिभिन्न आन्दोलनका कार्यक्रम गरीरहेको छ । यता प्रधानमन्त्री र गृहमन्त्रले बलात्कारी र हत्यारा जोसुकै भएपनी अनुसन्धान गरी कडा कार्बाही गर्ने बताई रहेपनी अझैसम्म निर्मला पन्तको हत्यारा भने पत्ता लाग्न सकेको छैन ।
यसैबीच नेपाल महिला संघ सुनसरीले नेपाली कांग्रेसको बिधान सम्सोधनको बिषयमा महिलाहरुसंग छलफल गरेको छ । यही असोज ११ र १२ गते बिराटनगरमा हुने नेपाली कांग्रेसको बिधान संसोधनका बिषयमा सुझाव संकलनका बिषयमा महिलामैत्रि बिधान बनाउनकालागि छलफल अगाडी बढाएको हो । अहिले भैरहेको संबिधानमा ३३ प्रतिशत महिला आरक्षणको ब्यावस्था हुनुपर्ने र जुनसुकै तहमा पार्टीमा सभापति र उपसभापति मध्ये एक महिला अनिवार्य हुनुपर्ने बिधान निर्माणमा सकृयतापूर्वक सहभागिता जनाउनका लागि बिभिन्न तहमा छलफल चलाईरहेको सुनसरी सभापति बिजया कट्वालले जानकारी दिनुभएको छ ।।

तपाईको प्रतिक्रिया