काठमाण्डौ, १२ भाद्र । ३३ किलो सुनकाण्ड र शनम शाक्य हत्याका मुख्य अभियुक्त चूडामणि उप्रेती ’गोरे’ले आत्माहत्या प्रयास गरेका छन् ।
केन्द्रीय कारागार सुन्धारा स्थित गोलघर भित्रै गोरेले आत्माहत्याको प्रयास गरेका हुन । केही साता अघि आफैले लगाएको सर्टले घाटीमा बाधेर पासो लगाएर आत्माहत्याको प्रयास गरेको श्रोतले जनाएको छ ।
उनी कहिलेकाही अझै तनावमा आएको बेला टाँउको भित्तामा ठोक्ने गरेको कारागार स्रोतले जनाएको छ । ’गोरेसंग कहिलेकाही भेट हुँदा उनी अझै रबाफिला कुरा गर्ने गरेका छन् । केही महिना अघि गोरेको मानसिनक अवस्थामा समस्या आएको भन्दै कारागाभित्रकै अस्पतामा चेक जाँच समेत गरिएको थियो । जेठ २८ मा सुनसरीको झुम्का कारगारबाट ‘गोरे’ लगायत राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता भुजुङ गुरुङ र छिरिङ वाङगेल घलेलाई काठमाडौं लगिएको थियो । उनीहरुको सम्पत्ति अनुसन्धानको लागि सम्पति सुद्धिकरण विभागले काठमाडौं झिकाएको थियो ।
०७४ माघ ७ मा त्रिभुवन विमानस्थलबाट ३३ किलो सुन काठमाडौं भित्राएर पनि गायब भए पछि शनम शाक्यको हत्या भएको थियो । सोही अभियोगमा नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक गोबिन्द निरौला, बहालवाला वरिष्ठ प्रहरी उपरीक्ष श्याम खत्री, दिवेश लोहनी सहित दर्जन प्रहरी अधिकारी पक्राउ परेका थिए। हाल उनीहरु सुनसरीको झुम्का कारागारका पुर्पक्षका लागि थुनामा छन् ।।

तपाईको प्रतिक्रिया