इटहरी, १५ साउन । सरकारको अधिनायकताको बिरोध गर्दै नेपाली कांग्रेसले आज देशैभरी प्रदर्शन गरेको छ । काठमाण्डौसहित प्रत्येक जिल्लामा नेपाली कांग्रेसले बर्तमान सरकारका काम कार्बाही ठीक नभएको भन्दै बिरोध प्रदर्शन गरेको हो । काडमाण्डौमा प्रकासमान सिंह, प्रकाश सरण महत, नबिन्द्रराज जोसी लगायतका नेताहरुले संबोधन गर्नुभएको थियो । हजारौँको संख्यामा रहेका कांग्रेस कार्यकर्ताहरुले काठमाण्डौका बिभिन्न भागहरुको परिक्रमा गरेका थिए ।
यता सुनसरीमा पनि नेपाली कांग्रेसले बिरोध प्रदर्शन गरेको छ । कार्यक्रमलाई सम्बोध गर्दै नेपाली काङग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले काङग्रेस माइती घर मण्डलामा नखुम्चीएको बताउनुभएको छ । उहाले कांग्रेस सिमित घेरामा नखुम्चिएको बताउनुभएको हो ।

उहाँले केही दिन अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति प्रति जवाफ दिदै काङग्रेस माइतीघर मण्डलामा मात्रै नभै सिंहदरवार छिरेर निस्कीन सक्ने र ७७ वटै जिल्लामा हजारौ नागरिकलाई सडकमा आन्दोलनमा सहभागी गराउन सक्ने हैसियत राख्ने पार्टी भएको बताउनुभयो ।
उहाँले कम्युनिष्टहरुको तानासाह नागरिकलाई मान्यँ नहुने बताउदै दवावमा सहन बाध्य भएको समेत जिकिर गर्नुभयो ।
बढदै गएको महगी, भ्रष्टाचार न्यायिक क्षेत्र र प्रसाशनीक क्षेत्रमा बढेको हस्तक्षेपकारी भुमिका बन्द नगरे काङग्रेस ठुलो संघर्ष गर्ने बताउदै उहाँले काङग्रेसको आन्दोलनको आधी बेहरीबाट कम्युनिष्ट साशन समेत अनत्य गर्ने दाबी गर्नुभयो । उहाँले नेपाली कांग्रेसको आन्दोलनलेनै राणा शासनको अन्त्य भएको जिकिर गर्नुभयो ।
कार्यक्रममा नेपाली काङग्रेसका केन्द्रिय सदस्य तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले साउन ९ गते घुस्कीमा घटेको घटना गम्भीर घटना भएको बताउनुभयो । उहाँले निहथा जनता माथि प्रहरी प्रसाशनले गरेको दमनको निन्दा गर्नुहुदै निहस्ता जनता माथि प्रहरीले दमन गरे प्रहरी माथि पनि दमन सुरु हुने बताउनुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य मिन विश्वकर्मा, सांसद सिताराम मेहता, प्रदेश नम्वर १ का संसदीय दलका नेता राजिव कोइराला, प्रदेश सासंद ताहिर मियाँ, ज्योति सुब्बा, अगमलाल चौधरी लगायतकाले बोल्नुभएको थियो । कार्यक्रममा हजारौं कार्यकर्ताको सहभागिता रहेको थियो । संबोधन अघि नेपाली कांग्रेसको पार्टी कार्यालयबाट निस्कीएको जुलुसले नगरका बिभिन्न भागको परिक्रमा गरी चौकमा कोणसभामा परिणत भएको थियो ।।

तपाईको प्रतिक्रिया