इटहरी, ७ श्रावण । पञ्चकन्या मार्केटिङ्गले आजबाट इटहरीमा सर्जिकलका सामानहरुको होलसेल ब्यापार सुरु गरेको छ ।
मार्केटिङ्गले आज इटहरीमा एक बिषेश कार्यक्रमको आयोजना गरी मार्केटिङ्गको सुरुवात गरेको हो । चाईनिज कम्पनी लगायत अन्यँ देशहरुबाट समेत आएका सामानको पूर्वाञ्चलमै पहिलो डिलरको रुपमा ब्यावसाय सुरु गरेको संचालक सोमनाथ दाहालले जानकारी दिनुभएको छ ।
इनरुवाका मेयर राजन मेहताको समेत सहभागिता रहेको कार्यक्रममा उद्योग बाणिज्य संघ इटहरीका कार्यबाहक अध्यक्ष शैलेस लगायत अन्य उद्योगि ब्यावसायीहरुको समेत सहभागिता रहेको थियो ।
इनरुवाका मेयर मेहता कार्यब्यस्तताले ढिला आइपुग्नुभएका कारण उद्योग बाणिज्य संघ इटहरीका का.बा. अध्यक्ष शैलेस बिष्टले रिवन काटेर मार्केटिङको उद्घाटन गर्नुभएको थियो । एक करोडको हाराहारीमा ब्यावसाय सुरु गरेको अर्का सञ्चालक युवराज दाहालले जानकारी दिनुभएको छ । काठमाण्डौपछी पूर्वमा कम्पनीको इटहरीमा आधिकारिक डिलर संचालनमा आएको छ ।

तपाईको प्रतिक्रिया