इटहरी, १ श्रावण । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको आज काठमाण्डौमा असामयिक निधन भएको छ । ५२ वर्षीय सुब्बाको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यू भएको पारिवारीक श्रोतले जनाएको छ ।
सुब्बाको निधनसंगै धरानबासीले आफुले चुनेका जननिर्वाचि मेयरलाई गुमाएका छन् ।

दुबै मृगौला फेल भई मृगौला प्रत्यारोपण गराएका सुब्बाको पछिल्लो समयमा भने फोक्सोमा निमोनियाको संक्रमण रहेको थियो । धरानलाई स्मार्ट सीटी बनाउने योजना बनाएका सुब्बाको निधनले धरानजका जनता निरास भएका छन् ।
५२ वर्षीय मेयर तारा सुब्बाको मृत्युको पश्चात सबलाई हेलिकोप्टरबाट धरान ल्याइएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मर्चरीमा सुब्बाको सबलाई राखिएको छ । परिवारका सदस्यहरू विदेशमा रहेकोले सुब्बाको सबलाई बीपी प्रतिष्ठानको शब गृहमा राखिएको पारिवारीक श्रोतले जनाएको छ । मेयर सुब्बाको अन्तिम संस्कार कहिले हुने अझैसम्म टुङ्गो नलागेको जनाइएको छ ।।

तपाईको प्रतिक्रिया