गयोश निरौला
इटहरी, ३२ असार । अनसनरत वरिष्ठ चिकित्सक डा गोविन्द केसीको आन्दोलन प्रति ऐक्यवद्धता र उहाँको जिवनरक्षाको कामना गर्दै नेपाल मानव अधिकार संगठन सुनसरीले आज इटहरीमा दिप प्रज्वलन गरेको छ ।
माथेमा प्रतिवेदन कार्यान्वयन गर, अनसनरत डाक्टर केसीको जीवनरक्षा गर लगायतका नारा लेखिएको प्लेकार्ड सहित भेला भएका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु दिप प्रज्वलनमा सहभागि भएका थिए ।

मानव अधिकार संघटनको आयोजनमा नागरिक समाज इटहरी, इटहरी जेसिज, इटहरी लेडि जेसिज लगायतका संघ संस्थाहरुको सहभागिता रहेको थियो । सहभागिहरुले डा. केसीको आन्दोलनमा बेवास्था गरी स्वास्थ्यमा खेलबाड गरेको सहभागिहरुको प्रतिकृया रहेको थियो ।
कार्यक्रममा नेपाल मानव अधिकार संगठनका पूर्व राष्ट्रिय अध्यक्ष आनन्द आचार्यले डा. केसीले गाउ गाउमा डाक्टरी पढाई हुनुपर्ने, गरिव बिद्यार्थीहरुको पनि चिकित्सक अध्ययनमा सहभागिता हुनुपर्ने, त्यसका लागि माथेमा प्रतिबेदन कार्यान्वयन गरिनुपर्ने मुख्य मागपनि सरकारले वेवास्था गरेकाले सबै क्षेत्र आन्दोलिन हुनुपरेको बताउनुभएको छ । उहाँले राज्यले केसिको जिवन रक्षामा अग्रसर नभईन्जेल आफुहरुको यस्तै खबरदारी भैरहने बताउनुभएको छ ।
कार्यक्रममा जिल्ला अध्यक्ष बिरेन्द्र साहले सरकारले डा.केसीको माग गरी जिवनको रक्षा नगरेसम्म आफुहरु खबरदारी गरीरहने बताउनुभएको थियो । आगामि दिनमा प्रभावकारी कार्यक्रमहरु गरीदै जाने उहाँले जानकारी दिनुभएको छ ।
डाक्टर केसीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउदै पछिल्लो समयमा बिभिन्न संघ संस्थाहरुले बिरोध गरीरहेका छन । सरकारले केसीको आन्दोलनप्रति बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघ आन्दोलित भएको छ ।
चिकित्सा क्षेत्र सुधारका लागि अनशनरत डा केसीको स्वास्थ्य अवस्था बिग्रिदै जाँदा पनि सरकारले वार्ताका लागि कुनै पहल गरेको छैन ।।

तपाईको प्रतिक्रिया