इटहरी, २० असार । इटहरी उपमहानगरपालिकाको नगर सभालाई नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले बहिस्कार गरेका छन् ।
आजबाट सुरु भएको नगरसभालाई एमालेबाट निर्वाचित जनप्रनितिधिहरुले मनोमानि ढंगबाट आफ्नो पहुचका आधारमा बजेट बिनियोजन गरेको, संसोधन प्रस्ताव दर्ता गर्दापनि छलफल नभएको भन्दै बहिस्कार गरेको आज इटहरीमा पत्रकार सम्मेलनका आयोजना गरी जानकारी गराएका हुन ।पत्रकार सम्मेलनमा इटहरी २० का वडा अध्यक्ष तथा नेपाली कांग्रेसका क्षेत्रिय सभापती मणीराम श्रेष्ठले मेयर, उपमेयर लगायतका जनप्रतिनिधिहरुले बहुमतको दम्भ देखाउदै स्वयच्छाचारी ढंगबाट बजेट ल्याएको भन्दै बहिस्कार गर्नुपरेको उहाँको भनाई छ । पहिला कालोपत्रे भएका बाटाहरुलाई प्राथमिकता दिएको, तथा वडाको बिना सिफारिस बाईपासबाट आएको योजनाहरु समावेस भएको तर वडाका सिफारिसमा आएको योजनाहरुलाई बेवास्था गरीएको वडा नम्बर ३का वडा अध्यक्ष बालकृष्ण बिष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो योजनाहरु बहुमतको आडमा नगर कार्यपालिकाले स्वयच्छाचारी ढंगबाट आएका कारण आफुले बहिस्कार गर्नुपरेको हो । यस्तै इटहरी ६ का वडा अध्यक्ष दिपक गौतमले पनि आफुहरुको माग सुनुवाई नभएपछी बहिस्कार गर्नुपरेको बताउनुभएको छ ।नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले आ–आफ्ना वडाहरुबाट चावी नगरपालिकालाई जिम्मा लगाई काम बहिस्कार सम्मको योजना बनाएका छन् ।तर यस बिषयमा निर्णय गरी अगाडी बढ्ने वडाअध्यक्षहरुले बताएका छन् । २० ओटा वडा रहेको इटहरीमा नेपाली कांग्रेसले १२ र तत्कालिन एमाले हालको नेकपाले भने मेयर, उपमेयर र ८ वटा वडा जितेको छ ।

तपाईको प्रतिक्रिया