- प्रजिता बस्नेत

तरहरा, १४ असार – सधैभरी गाँउघरमा सामूदायिक बिद्यालयकै चर्चा हुने गथ्र्यो र्। राज्यले शिक्षामा ठुलो लगानी गरेको छ, शिक्षकहरुलाई तालिम पनि दिईरहेको छ तर बिद्यालयमा शिक्षाको गुणस्तरभने दिनानुदिन खस्कीदो अवस्थामा रहेको छ ।’
यो अभिभावकको गुनासो सामूदायिक बिद्यालयका लागि राष्ट्रिय गुनासो हो । निजि बिद्यालयको तुलनामा जहिलेपनि सामूदायिक बिद्यालय अभिभावकहरुबाट उपेक्षितनै हुने गरेको थियो । बिद्यालयलाई एक राजनिति गर्ने थलोका रुपमा मात्र अभिभावकले हेर्ने गरेका छन् ।

सामूदायिक बिद्यालयमा गरिव तथा बिपन्न परिवारका छोराछोरी पढाउने ठाँउका रुपमा मात्र हेर्ने अभिभावकका आखा अझै परिवर्तन हुन सकेका छैनन् । तर पछिल्लो समयमा इटहरीका केही सामूदायिक बिद्यालय भने उदाहरणिय बनेका छन् र्। कुनैबेला यस्तो थियो सक्नेजतीले सामूदायिक बिद्यालयबाट छोराछोरी झिकेर निजि बिद्यालयमा पढाउथे । जतिले सामूदायिक बिद्यालयमा पढाउथे उनिहरुको गरिव हुनुमात्र माध्यता थियो ।
अव भने हाम्रो बिद्यालयमा भर्ना लिदिनुपर्यो भन्दै सोर्स लगाउनेको लाईन लाग्ने गरेको छ ।’ इटहरी १ मा रहेको राष्ट्रिय माध्यामिक बिद्यालयका ब्यावस्थापन समिति अध्यक्ष ज्ञानबहादुर बिश्वकर्मा भन्छन् । बिद्यालयमा भएका शिक्षक शिक्षिकाहरुको इच्छा शक्तिमा भर पर्छ ।
सामूदायिक बिद्यालयका शिक्षक पढाउन जान्दैन भन्ने गरिन्छ त्यसो होइन सामूदायिक बिद्यालयका शिक्षकजति जान्ने निजिका हुदैनन् तर शिक्षकमा इच्छाशक्तिभने हुनुपर्यो ।’ आफुले आफ्ना वालवालिकाहरुलाई नाम चलेकै स्कुलमा पढाएपनी शिक्षकले पढाउनै नजानेको फेला पारेको बताउदै अध्यक्ष बिश्वकर्माले त्यसैबेलादेखी आफ्नो नाति राज बिसिलाई राष्ट्रिय माबिमा पढाउ सुरु गरेको र एस ई ईमा पनि ८७.५ प्रतिश ल्याएको बताउनुभयो ।
पछिल्लो समयमा शिक्षामा गुणस्तर बृद्धि गरेपछी बक्लौरी, पाञ्चायन, हाँसपोसा हलगडादेखी निजि बिद्यालयमा पढीरहेका बिद्यार्थी बिद्यालयमा भर्ना भएको बिद्यालयका प्रधानाध्यापक शरणकुमार बस्नेत बताउनुहुन्छ ।

अभिभावकलाई बिश्वास दिलान नसक्नु सामूदायिक बिद्यालयका शिक्षकको कमजोरी रहेको सुनाउदै बस्नेत भन्नुहुन्छ । यसपाली २ सय ४८ बिद्यार्थी नया थपिएकोमा १ सय ९६ जना बिद्यार्थी निजि बिद्यालयमा अध्ययनरत रहेका छन् । एक हजार ५७ जना बिद्यार्थी अध्ययन गरिरहेको राष्ट्रिय माबिमा बिद्यार्थीको चाप अत्याधिक बढेको छ ।
सरकारले बिद्यालय भर्ना अभिया प्रभावकारी नभैरहेको बताउने गरेको बेला अन्यँ बिद्यालयले बिद्यार्थी नपाई रहेको समयमा राष्ट्रिय मा.बि.ले भने बिद्यार्थी धान्न नसक्ने भएपछी आन्तरिक परिक्षा लिएर बिद्यार्थी भर्ना लिएको बस्नेतले जानकारी दिनुभएको छ ।
निजि बिद्यालयले जस्तै यातायातको सुबिधा, प्रोजेक्टरको प्रयोग र सिसि क्यामाराको निगरानीमा अध्यापन गराई गुणस्तरीय शिक्षा दिएपछी बिद्यार्थीको संख्यामा बृद्धि भएको हो । निजि बिद्यालयका बिद्यालयले टाई लगाउने र गाडीको प्रयोग गर्ने गरेको भएपनी राष्ट्रिय माबिले पनि बिद्यार्थीमा खिन्नता नआओस भनेर निजि स्कुलकै जस्तो पोसाक, पोसाकमा टाई र सवारी साधनको समेत प्रयोग गर्दै आएको छ ।
अभिभावकहरुले पनि शुरुमा वालवालिकाको अंग्रेजी वेस राम्रो बनाउन निजि बिद्यालयमा पढाउने गरेको भएपनी राष्ट्रिय मा.बि.ले पनि अंग्रेजी माध्यमबाट पढाउने भएपछी बिद्यार्थीको चाप बढेको हो । आँपगाछी चौकमै रहेको बिद्यालय सडक बिस्तार संगै साँघुरो भएपछी नजिकै पश्चिमतर्फ नयाँ भवन निर्माण गरी स्थानान्तरण गरीएको छ । छोटो समयमा बिद्यालय भवन निर्माण सम्पन्न गरी पठन पाठन सुरु गरेको प्रधानाध्यापक बस्नेतले बताउनुभयो ।
पछिल्लो समयमा सामूदायिक बिद्यालयप्रति अभिभावकको मोह किन बढेको छ त ? यस जिज्ञासामा कक्षा ९मा अध्ययनरत गरिमा गौतमका बुवा ज्ञानेन्द्र गौतमको तर्कभने आफ्नै रहेको छ ।
निजि बिद्यालयले मनपरी फि बढाउनुनै आफुले छोरीलाई निजि बिद्यालयबाट निकाल्नुपर्ने कारण भएको उहाँ बताउनुहुन्छ र्। वालवालिकाले राम्रो पढ्नुमा घरमा अभिभावकको पनि राम्रो भुमिका हुने भएकाले आफु म्याथको टिचर भएको र गरिमाकी आमा गढी गाउपालिका स्थित मधेलीमा रहेको मजदुर किसान मा.बि.मा अध्यापन गराउदै आउनुभएकी अंग्रेजी र नेपालीकी शिक्षक भएकाले पनि सजिलो भएको छु’ अभिभावक गौतमले सुनाउनुभयो ।
पछिल्लो समयमा केही सामूदायिक बिद्यालयले आफुलाई परिवर्तन गरेका छन् । परिवर्तन गरेअनुसार बिद्यार्थीको संख्यामा पनि बृद्धि भएको छ ।

तपाईको प्रतिक्रिया