कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेडले दुध संकलन बन्द गरेको छ । संस्थाले असार ५ गतेबाट अर्का सुचना जारी नहुदा सम्मलाई सम्झौता भएको दुध खपत गर्न नसक्ने भएकाले दुध संकलन बन्द गरेको हो । संस्था सँग आवद्ध व्यवसायी, कृषक, संस्था समुहको दुध संकलन साताको दुई दिन बन्द गर्नु पर्ने बाध्यता रहेको कामधेनु दुग्ध विकास सहकारी संस्था लि. का व्यवस्थापक कृष्ण प्र घिमिरेले जानकारी दिनुभयो । खाद्य विभागले क्षमता भन्दा बढि दुध भण्डारण गर्ने कार्यलाई कडा निगरानी गर्दै दुधको गुणस्तरमा सुधारका लागि कार्य अगाडि बढाएको छ ।
सोहि जानकारीका अनुसार कामधेनुले दुध संकलन बन्द गरेको संस्थाले जनाएको छ । संस्थाले दुध खुल्ला रहेको दिनमा पनि दैनिक संकलन मात्रा भन्दा बढि नबुझने समेत संस्थाले भनाई छ । दुध संकलन बन्द भएका कारण कृषकमा पर्न गएको असुबिधा प्रति संस्था क्षमाप्रार्थी रहेको व्यवस्थापक घिमिरेले बताउनु भयो । संस्थाका अनुसार मोरङ्ग र सुनसरीमा आईतबार र मङ्गगलबार , धनकुटा र तेह्रथुममा सोमबार र विहिबार साथै ईलाम र झापामा शुक्रबार र शनिबार दुध संकलन बन्द गरेको हो ।

तपाईको प्रतिक्रिया