तरहरा एफ.एम.- ६ असार –      तरहरामा रहेको जनसहयोगका भूपू बिद्यार्थीहरुले आज नसा सम्बन्धी बिरामी भएका आफ्नै साथीलाई सहयोग गरेका छन् ।जनसहयोगबाट बि.सं. २०५४ सालमा एस एल सी दिएका ३९ जना बिद्यार्थीहरुले आफ्नै साथी मोती परियार (पारस) लाई सहयोग गरेका हुन् ।                 एउटै ब्याजमा एस एल सी दिएका बिद्यार्थीहरुले नसारोगबाट पिडित भएका परियारलाई एक आपसमा संकलन गरी एक लाख ९ हजार ९ सय चालिस रुपीया सहयोग गरेको अभियानमा संलग्न दुर्गा पौडेलले जानकारी दिनुभएको छ ।
सहयो लिएपछी परियारले साथिहरु संगठित भएर सहयोग गर्ने कुरा कल्पनापनि नगरेको र अकस्मात सहयोग जुट्दा आश्चर्यचकित भएको प्रतिकृया दिनुभएको छ । उहाँले सहयोग गर्ने सबैलाई धन्यबाद ब्यक्त गर्नुभएको छ ।


लामो समयदेखी नसा रोगी परियालाई साथिहरुले आज इटहरी २० का वडा अध्यक्ष मणीराम श्रेष्ठको उपस्थितिमा सहयोग  गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठले साथीलाई परेको बेला सहयोग गर्नु ठुलो कार्य भएको बताउदै त्यस  ब्याजका अन्यँ साथीहरुलाई समेत सहयोग गर्न आह्वान गर्नुभएको छ ।
लामो समयदेखी बिरामी पर्नुभएका परियारको भारतको दिल्ली स्थित एम्स हस्पीटलमा उपचार भैरहेको छ ।।

तपाईको प्रतिक्रिया