- सपना न्यौपाने

तरहरा -३ असार -उपभोक्ता हित संरक्षणका लागि समय समयमा बजार अनुगमन गर्नु पर्ने भएपनि ईटहरीका विभिन्न बजारमा अनुगमन हुन सकेको छैन । स्थानिय सरकारले बजार अनुगमनका विषयमा चासो नदिदा महिनौ वित्दा समेत ईटहरी २० तरहरा बजारमा अनुगमन हुन नसकेको हो । वस्तु वा सेवा प्रदायक व्यवसायको दर्ता, नवीकरण, आपूर्ति, मूल्य, नापतौल, विज्ञापनलगायत व्यापारिक क्रियाकलापको नियमित एवं आकस्मिक अनुगमन गर्न गाउँपालिका÷नगरपालिकाले बजार अनुगमन टोली गठन गर्ने व्यवस्था निर्दे्शिकामा छ । तर स्थानिय बजारमा भने उद्योग वाणिज्य संघ वा स्थानिय तह कस्ले बजार अनुगमन गर्ने भन्ने अन्यौल रहेको नागरिकले उपभोक्ताले अड्कल काट्न थालेका छन् । विभिन्न ठाँउमा अखाद्यय वस्तुको विक्रि साथै उपभोक्ता ठगिने गरेको समाचार आईरहदा स्थानिय उपभोक्ताले चासो राखेका हुन् । कुनै वस्तु वा सेवाको विक्रेताले उपभोक्ताको हितविपरीत व्यापारिक क्रियाकलाप गरेको पाईएमो उपभोत्ता हित संरक्षण समिति वा बजार अनुगमन टोलीमा सूचना वा उजुरी दिन सक्ने व्यवस्था समेत रहेको छ । बजार अनुगमनको बिषयमा चाडै नै बैठक बस्न लागिएकाले उपभोक्ता चिन्तित नहुन ईटहरी वडा नम्बर २० का वडा अध्यक्ष मणिराम श्रेष्ठ बताउनु भएको छ । उद्योग वाणिज्य संघ तरहरा संगको छलफल पछि बजार अनुगमन गरिने समेत वँहाले जानकारी दिनुभएको छ । बजार अनुगम मिति तोकेर गर्दा व्यवसायी सर्तक हुने भएकाले पनि यसलाई आकस्मिक रुपमा नै गरिने अध्यक्ष श्रेष्ठको भनाई छ ।

तपाईको प्रतिक्रिया