तरहरा २९ जेठ –

अव्यवस्थित रुपमा बजार क्षेत्रमा राखिएको निमार्ण सामाग्रिका कारण तरहरा बजारमा दुर्घटनाको जोखिम बढ्दै गएको छ । बजार क्षेत्रमा मानिसको आवतजावत र सवारी साधनको भिड हुने भएकोले निमार्ण सामाग्रि बाटो मै राखिनुले बजारमा दुर्घटनाको सम्भावना बढेको हो । बजार क्षेत्रमा सवारी साधनको संख्यामा तीव्र वृद्धि भएको र साँघुरो सडकका दायाँबायाँ क्षेत्रमा राखिएका निर्माण सामग्रीले गर्दा सवारी सञ्चालनमा गाह्रो भएको चालकले बताएका छन् ।

Exif_JPEG_420

अस्वभाविक रुपमा राखिएका निमार्ण सामाग्रिले बजारको सौन्दर्यता घटेको स्थानिय व्यवसायीको भनाई छ । तरहरामा लामो समयबाट होटल व्यवसाय गर्दै आएका एक व्यवसायीका अनुसार पसल अगाडि निमार्ण सामाग्रि राख्दा ग्राहकलाई कठिनाई हुने गरेको छ । ईटहरी वडा २० भित्र पर्ने त्यस क्षेत्रमा सोमबार र विहिबार बजार लाग्ने गरेको छ । बजारको दिन बाटोको पसल थाप्नेले समेत ठाँउ अभावको समस्या बहोर्नु परेको दुखेसो गर्छन । घर निमार्णका लागि आवश्यक सामाग्रि बाटोमा राख्न नमिल्ने भएपनि घर धनिले मनोमानि गरेको देखिएको छ । बर्खा सुरु भईसेकाले बजार बाटोको छेउमा थुपारीएका बालुवा बग्दा सास्ती बेर्होनु परेको स्थानियको गुनासो पाईएको हो । तरहरामा रहेको विभिन्न सघंसस्थाले हप्तै पिच्छे बजार सरसफाईको कार्यक्रम गरे पनि निमार्ण सामाग्री हटाउनेमा पहल नगरेको प्रष्ट छुटिएको हो । बजार तथा स्थानिय तहले अनुगमन गर्नु पर्ने भएपनि यस तर्फ कसैको ध्यान गएको छैन । तरहराको व्यस्त सडक भित्र पर्ने उक्त बाटोमा गिटि, बालुवा, ढुङ्गा तथा रडहरु अव्यवस्थित रुपले राखिदा अस्पातल आकस्मिक रुपमा जाने बिरामीक तथा विद्यालय जाने गाडी तथा अन्य सवारीसाधनलाई मार्का परिरहेको छ ।

तपाईको प्रतिक्रिया