- सपना न्यौपाने

तरहरा २२ जेठ-ईटहरीमा रहेको स्वरोजगार तालिम केन्द्रको कार्य प्रभावकारी बन्दै गएको छ । विगत ८ महिनाबाट सन्चालनमा रहेको तालिम केन्द्रबाट अहिले सम्मा ५० भन्दा बढि विद्यार्थीले सिप हासिल गरिसकेका छन् । हरेक महिना १५ , २० को हाराहारीमा विद्यार्थी उत्पादन हुने गरेको छन् । स्वरोजगार तालिम केन्द्रले ईलेक्ट्रोनिक्स, कम्प्युटर मर्मत, फ्रिज, एसि मर्मत तालिम सिलाई कटाई, व्यूटिसियन साथै वाईरिङ सम्बन्धि तालिमहरु दिदै आएको तालिम केन्द्रका सन्चालक टंक भण्डारीले बताउनु भयो ।

समय समयमा स्थानिय सरकारको साझेदारीमा नागरीक लाई सिप प्रदान गरिरहेको तालिम केन्द्रबाट प्रत्यक्ष १० जनाले रोजगारी पाईरहेका छन् । विभिन्न सिप भएका परिक्षकलाई तालिम केन्द्रले मासिक शुल्क सहित व्यवस्था गरेको सन्चालक भण्डारीको भनाई छ । स्वरोजगार तालिम केन्द्र खुले सँगै काम गर्न चाहनेका लागि अबसर प्रसस्त भएको भण्डारीले दाबि गर्नुभयो । ईच्छा र महेनत गर्न चाहने विद्यार्थिलाई केन्द्रले सक्दो सहयोग गर्ने समेत भण्डारीले स्पष्ट पार्नु भयो । तालिमका लागि आफु सँग प्रयाप्त खर्च नहुदा पनि सिप सिकाउन तालिम केन्द्र तयार भएकोमा सिलाई कटाई सिप सिक्ने सुनिता सुबेदिले बताईन । सिप सिकेर जान्ने भएपछि आम्दानि भएको रकमले स्वरोजगार तालिम केन्द्रमा लाग्ने मासिक शुल्क बुझाउने उनको उद्देश्य रहेको छ । भर्खरै वाईरिङको लिन महिने कार्स सकेर वाईरिङको ठेक्का लिई सकेका विद्यार्थीले स्वरोजगार तालिम केन्द्रले गर्दा जँहा गए पनि काम विहिन नहुने बताउछन् । आफुले सिप सिकाएका विद्यार्थी सधै आफु प्रति कृतज्ञ हुदा खुसि लाग्ने गरेको स्वरोजगार तालिम केन्दैले जनाएको छ ।

तपाईको प्रतिक्रिया