- सपना न्यौपाने

तरहरा २२ जेठ-विश्व वातारवरण दिवसको अवसरमा तरहरामा मंगलबार बजार सरसफाई गरिएको छ । तरहरा मोडेल ऐकेडेमिको आयोजनामा भएको सरसफाई कार्यक्रममा विद्यालयका विद्यार्थी,शिक्षक शेयर सदस्य साथै जनप्रतिनिधिको समेत सहभागिता रहेको थियो । तरहरा मोडेल ऐकेडेमिबाट सुरु भएको कार्यक्रम तरहरा बजारमा आएर औपाचारीक कार्यक्रममा परिणत भएको हो । कार्यक्रममा बोल्दै ईटहरी उपमहानगरपालिका वडा २० का अध्यक्ष मणि राम श्रेष्ठले सुन्दर र सफा ईटहरी बनाउन विभिन्न क्षेत्रबाट यसरी नै सहयोग मिल्ने अपेक्षा रहेको बताउनु भयो । नगर सफा रहे नगरबासी पनि स्वस्थ्य रहने हुदा आफनो ठाँउ सुन्दर बनाउन आफै लागि पर्नु पर्ने प्रष्ट पार्न भयो । कार्यक्रममा विद्यालय व्यवस्थापन अध्यक्ष सन्तोष श्रेष्ठ, सन्चालक समिति अध्यक्ष दुर्गा प्रसाद पौडेल, शेयर सदस्य घनश्याम रिमाल लगायतले आफनो भनाई राख्नु भएको थियो । आफु वरपरको वातावरण सुन्दर बनाउन सबैले चासो राख्न पर्ने भएकाले नगरबासीको सचेतनाका लागि कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रवन्ध निर्देशक होमनाथ खड्काले जानकारी दिनु भयो । कार्यक्रमको विश्व वातावरण दिवसको नारा सहितको ञ्याली पश्चात समापन गरिएको हो ।

तपाईको प्रतिक्रिया