- गणेश निरौला

 

तरहरा, १५ जेष्ठ । गणतन्त्र दिवसको अवसरमा आज महिला संघ सुनसरीले तरहरामा बृहत भेलाको आयोजना गरेको छ । गणतन्त्र दिवसको अवसरमा शुभकामना आदान प्रदान तथा महिला भेलामा सुनसरीका बिभिन्न स्थानबाट महिलाको उल्लेख्य सहभागिता रहेको थियो । तरहराको रुद्राक्ष पार्टी प्यालेशमा भएको कार्यक्रममा सुनसरीको धरान, इनरुवा, दुहबी लगायतका स्थानबाट महिलाहरु बसनै रिजर्भ गरी ठुलो संख्यामा सहभागि भएका थिए ।


कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस एक नम्बर प्रदेश संसदियदलका नेता तथा सुनसरी जिल्ला सभापति राजिव कोइरालाले महिलाहरुको नेतृत्व तथा क्षमता बिकासका लागि आफुले सकेको सहयोग गर्ने बताउनुभयो । महिलाहरुको कुसल नेतृत्व भएमा पार्टी आफै मजबुद हुने बताउदै उहाँले घर, गाँउ,वार्ड नगरको नेतृत्व गर्दै जिल्ला र देशकै नेतृत्व गर्ने उद्धेश्य राख्नुपर्नेमा जोड दिनुभएको थियो ।


कार्यक्रममा पूर्व राज्यमन्त्री सुमित्रा खवासले प्रत्येक महिलाहरुले आ आफ्नो वडामा आएको बजेट के भैरहेको छ कसरी बजेट बिनियोजन भैरहेको ध्यान दिन आग्रह गर्नुभयो । प्रदेश सांसद ज्योती सुब्बाले महिलाहरुको नेतृत्व बिकासका लागि आफुले सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले महिलाहरु एक भएर समाजको बिकासका लागि लाग्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै अर्कि सांसद नवोदिता चौधरीले आफु महिलाको हितका लागि काम गर्ने बताउनुभयो । महिला संघ सुनसरी सभापति बिजया कट्वालको सभापतित्वमा भएको कार्यक्रममा महिला नेतृ शिला गज्मेर, मेनुका गीरी लगायतले महिला संघको अबको कायक्रम कसरी अगाडी बढ्छ भनि नेतृत्वलाई प्रश्न गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया