तरहरा -जेष्ठ,१०-ईटहरी उपमहानगरपालिका २ स्थित रहेको महेन्द्र माध्यमिक विद्यालयको ४२ औँ बार्षिक उत्सव बुधबार सम्पन्न भएको छ । विद्यालयको बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नगर शिक्षा प्रमुख भुपेन्द्र कोईरालाले गरेका थिए ।

सो कार्यक्रममा विभिन्न विधामा शिक्षक तथा विद्यार्थिहरुलाई सम्मान गरीएको थियो । सम्मान हुने शिक्षकहरुमा साहयक प्रध्यानाध्यापक मिरा कुमारी राई ,बाल शिक्षिका कल्पना नेपाल, प्र.वि तहमा राजेन्द्र प्रसाद सिग्देल र गणेश प्रसाद तिम्सिना रहेका छन् । साथै विद्यालयलाई सहयोग स्वरुप ८०र८० हजार रुपैयाँ सहयोग गर्ने सोहि विद्यालयका शिक्षक प्रदिप केसि र जिवन कुमार भट्टराईलाई समेत सम्मान गरीएको छ ।

विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीलाई अक्षय कोषदाताबाटा प्रमाण प्रत्र सहित छात्रबृति प्रदान गरिएको हो । सो कार्यक्रमको सञ्चालन प्रदिप केसि र धर्म भट्टराईले गरेका थिए ।

तपाईको प्रतिक्रिया