तरहरा

प्रत्येक बर्षको साउँन महिना हिन्दु धर्मावलम्बीहरुको लागी हरियो चुरा,मेहन्दी लगाउँने र सोमबार शिवको पुजाआराधना गरी पतिको दिर्घायुको कामना गरिने पर्वको रुपमा चिनिन्छ, भने पति नहुँनेले राम्रो पति पाउँ भनि ब्रत बस्छन् ।


                          ऊँ साई ज्वेलर्सका सञ्चालक जगत लामिछानेसहित कर्मचारीहरु सामूहिक तस्विर खिचाउँदै ।

गरिब,निमुखा,असहाय र न्यून स्तरका महिलाहरु पनि मेहेन्दी र हरियो चुरा लगाउँन रहर हुँन्छ तर आर्थिक स्रोत अभावका कारण मेहन्दी र चुरा लगाउँनबाट बञ्चित रहन्छन् तर यसबर्षको साउँनमा तरहरा,इटहरी र धरानका बिपन्न बर्गका बासिन्दाहरु म्ोहेन्दी लगाउँनबाट बञ्चित भएनन् । यस बर्ष मेहेन्दी लगाउँन बञ्चित रहेका महिलाहरुलाई ऊँ साई ज्वेलरी तरहराले मेहेन्दी लगाउँने अवसर जुटाइदिएको छ ।
ऊँ साई ज्वेलरी इटहरी २० तरहराले इटहरी आसपासका बिपन्न बर्गका महिलाहरुलाई लक्षित गरेर सो कार्यक्रमको आयोजना गरिएको ऊँ साई ज्वेलर्सका सञ्चालक जगत लामिछानेले जानकारी दिनुभयो ।


समाजमा रहेर पनि आर्थिक अभावका कारण आफ्नो रितिरिवाज जगेर्ना गर्न नसकेका समूदायलाई लक्षित गरी मेहेन्दी लगाई सेवाग्राहीबिच आपसमा सम्बन्ध सुमधुर गर्नका लागी कार्यक्रम गरिएको सञ्चालक प्रकाश लामिछानेले जानकारी दिनुभयो ।
सो मेहेन्दी लगाउँने कार्यक्रममा तरहराका मात्रै छ सय बढी ग्राहकले मेहन्दी लगाएको सञ्चालक प्रकाश लामिछानेले बताउँनुभयो । इटहरी शाखा र धरान शाखामा पनि मेहेन्दी लगाएर मनाएको लामिछानेले जानकारी दिनुभएको छ ।


सो ज्वेलरीले यसअघि पनि तरहरामा तिज पर्व लगायतका चाडहरुमा समेत बिभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया