तरहरा,असार ३
सुनसरीको इटहरी ५ स्थित काब्यबाटिका नजिकै बाटिका युवा परिषद् नेपाल र इटहरी उपमहानगरपालिका को सहकार्यमा थोपा सिचाँई प्रणाली प्रयोग गर्दै ‘बाटिक बोटानिकल गार्डेन’ सञ्चालनमा आएको छ । बाताबरणमा आएको कृत्रिम रुपान्तरणलाई निर्मूलिकरण गर्दै स्वच्छ,शान्त र सफा हराभरा इटहरी बनाउँने मुख्य उद्धेश्य रहेको बाटिका युवा परिषद् नेपालका अध्यक्ष नविन श्रेष्ठले जानकरी दिनुभएको छ । स्थानीय बासिन्दा,बिभिन्न बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरु अवलोकन गर्न आउँनेछन् भने बिभिन्न संघसंस्थाका मानिसहरु र सो क्षेत्रमा बस्ने बासिन्दाले प्रत्यक्ष रुपमा लावान्बित हुँनेछन् । यहाँ बिभिन्न जातका फूलका बेर्ना, लगायत दुई सय बढी बिभिन्न जातका बेर्नाहरु रापेको र उत्पादन भएको जनाईएको छ ।

“वाटिका युवा परिषद् नेपालको सुनौलो प्रस्तुती,सफा,सुन्दर र बसोबास योग्य शहरको अनुभूति ” भन्ने सन्देशका साथ कार्यक्रम आयोजना गरिएको बाटिका युवा परिषद्ले जानकारी दिएको छ । सोही संस्थाका उपाध्यक्ष इन्जिनिएर अमन कार्कीको परिकल्पनामा कार्यक्रम शुरुवात गरिएको थियो ।


पूर्वाञ्चलमै पहिलोपटक थोपा सिचाँई अन्तर्गत सञ्चालन भएको यस बोटानिकल गाडेर्ननले इटहरीमा मात्र नभई पूर्वकै पर्यटनको क्षेत्रमा टेवा पुर्याउँने काब्यबाटिकाका अध्यक्ष नविन श्रेष्ठले बताउँनुभएको छ ।

तपाईको प्रतिक्रिया