तरहरा,असार ३

तरहरामा अत्यधिक मात्रामा दुर्घटना हुँने कारण यहाँका बासिन्दा लाई नकरात्मक प्रभाव पर्ने गरेको छ । यहाँका बिद्यालयमा पढ्ने बिद्यार्थी लगायत अन्य मानिसमा समेत प्रभाव पर्ने गरेको छ यसैलाई मध्येनजर गर्दै इटहरी २० तरहरा चौकमा आज ट्राफिक सम्बन्धि जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ । तरहरा चोकस्थित जेब्रा क्रसिङमा दुई साइडमा स्टप र स्लो लेखेको प्ले कार्ड राखेर बिभिन्न बौद्धिक ब्यक्ति,राजनितिक दलका प्रतिनिधि, बिभिन्न संघसंस्थाका प्रतिनिधि तथा ट्राफिक प्रहरी को सहभागितामा प्ले कार्ड बोकेर स्थानीय समूदाय र सवारी चालकलाई समेत सचेतना गराईएको थियो ।

अबको केही दिनसम्म दैनिक बिहान र बेलुका दुईघन्टासम्म प्ले कार्ड बोकेर यात्रु र सवारी चालकलाई सचेतना गराइने कार्यक्रमका परिकल्पनाकार बहत्तर लिम्बुले जानकारी दिनुभएको छ । आँफु लण्डनमा बसेतापनि आफ्नै ठाउँमा केही सामाजिक काम गर्ने उदेश्यले तरहरामा प्ले कार्ड बोकेर यात्रु र चालकलाई सचेतना गराउँने उहाँले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो ‘मानिसलाई जब दुर्घटना भएर ज्यान गुम्छ,तब मात्रै सचेतना हुँन्छ ।’ जानीनजानि ज्यान गुमाइरहेको अवस्थामा सचेतना गराएको उहाँले बताउँनुभएको थियो । कार्यक्रममा तरहरा प्रहरी चौकीका प्रहरी निरक्षक पहल बहादूर कट्वालले युवाहरुको सहकार्यमा तरहरामा बिकाशका कामहरु अघि सार्नु भनेको सराहनीय काम भएको जानकारी दिनुभएको छ । दुर्घटना न्यूनिकरण गर्नका लागी युवाहरुले यस्ता सामाजिक काम गर्नु भनेको समाजकै लागी उदाहरणीय काम भएको कट्वालले बताउँनुभएको हो । कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति मणिराम श्रेष्ठ जेब्राक्रसिङमा परैबाट देखिने गरी साइनिङ गर्नु उदाहरणीय काम भएको बताउँदै कार्यक्रम उद्धघाटन गर्नुभएको थियो ।

भने तरहराका बिभिन्न समाजसेवी लगायतको उपस्थिति रहेको थियो । पछिल्लो एक बर्षयता तरहरामा दुई दर्जन बढीको मृत्यु भएको छ भने तिन दर्जन बढी घाइते भएको तरहरा प्रहरी चौकीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया