तरहरा
इटहरीबाट धरानतर्फ गइरहेको को ४ प ९८५८ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ७८३४ नम्बरको बस तरहराको पानिपियास्थित सोमबार अपरान्ह एकआपसमा ठोक्किदाँ मोटरसाईकलका चालक ताप्लेजुङ फाकुम्बा ८ बस्ने ४१ बर्षीय दल बहादूर लिम्बु गम्भिर घाइते भई धरानस्थित बि.पि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको तरहरा प्रहरीले जानकारी दिएको छ ।


बसका चालक झापा जलथल ७ बस्ने २७ बर्षीय कमल बिश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुवै सवारी साधनलाई तरहरा प्रहरी चौकीको नियन्त्रणमा लिईएको तरहरा प्रहरी चौकीका प्रहरी नायव निरिक्षक पहल बहादूर कट्वालले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया