तरहरा जेष्ठ २०
इटहरी उपमहानगरपालिकामा काङ्ग्रेसको मेयर पदको टिकटको बिषयमा विवादले उग्ररुप लिएको छ । हिजो काङ्ग्रेस केन्द्रिय पार्टी कार्यालयले इटहरीको मेयर पदको लागी रोहित प्रसाईलाई टिकट दिने निर्णय गरेपछि इटहरी काङ्ग्रेसमा विवाद बढेको हो । मेयरमा निस्क्रिय सदस्य रोहित प्रसाईलाई टिकट दिएको भन्दै हेमकर्ण पौडेल समर्थक कार्यकर्ताहरुले आन्दोलन गर्दै आएका छन् ।
हिजोदेखीनै भेला भएका पौडेल समर्थक कार्यकर्ताहरुले तिब्र असन्तुष्ठी राखेपछी आन्दोलनको रुपमा परिणत भएको हो । पौडेल समर्थक कार्यकर्ताले आज इटहरीमा भेला भएर बिरोध प्रदर्शन गरेका छन् । इटहरीको कांग्रेस पार्टी कार्यालयमा भेला भएका हजारौ कार्यकर्ताहरुले नारा जुलुस सहित इटहरी नगर समितिको पार्टी अफिस, क्षेत्रिय अफिस र जिल्ला पार्टी कार्यालयमा तालाबन्धी गरेका छन् । हजारौको संख्यामा जिल्ला सम्म पुगेका कार्यकर्ताहरुले लोकप्रियलाई पार्टीले टीकट दिनुपर्ने र राजनितिबाट निश्कृयलाई टिकट दिन नहुने बताएका छन् । कार्यकर्ताहरुले जिल्लामा नारा जुलुस सहित तालाबन्दी गरेपश्चात जिल्ला सभापति राजिव कोइरालालाई ज्ञापन पत्र बुझाउनुका साथै संकलित हस्ताक्षर समेत बुझाएका थिए ।


हजारौका संख्यामा कार्यकर्ताहरु आक्रोसित भएपछी सभापति राजिव कोइरालाले तत्काल निर्णय सच्याउन केन्द्रलाई ध्यानाकर्षण गराउनुभएको थियो । उहाले कार्यकर्ताहरुलाई आस्वास्थ पार्दै आफुले निर्णय सच्याउनको लागि केन्द्रमा पहल गर्ने बचन दिएपछी कार्यकर्ताहरु फर्किएका थिए ।
पार्टीमा गुटको राजनिति हाबी भएको भन्दै आक्रोसित कार्यकर्ताहरुले निर्णय नसचिए आफुहरुले कृयासिल सदस्य समेतबाट राजिनामा दिने चेतावनी दिएका छन् । नेपाली कांग्रेस इटहरीका पूर्व सभापति मेदनी सिटौलाले राजिनितिमा सकृयलार्य पार्टीले टिकट दिनुपर्नेमा त्यसो नभएकोल कार्यकर्ताहरु आक्रोसित भएका बताउनुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वाञ्चल उपाध्यक्ष ज्योति कोइरालाले राम्रा भन्दापनी हाम्राले टिकट पाउने प्रबृति हाबी भएको बताउदै जित्ने उम्मेद्धारलाई पार्टीले टीकट दिनुपर्नेमा जोड दिनुभएको छ ।
पार्टीले टिकट नसच्याए केहीले भने पौडेललाई बागी उम्मेद्धारी दिन समेत सचेत गराएको श्रोतले जनाएको छ ।
यता काङ्ग्रेस इटहरी सभापति समेत रहेका पौडेलले भने आफूले दुईदशकदेखि पार्टी राजनीतिमा लागेर पनि पैसा र पावरको भरमा टिकट दिएकोप्रति गुनासो पोख्नुभएको छ । उहाँले आफूले पार्टीप्रति गरेको योगदानको कदर नभएको गुनासो गर्नुभयो । कसैविरुद्ध जाने भन्दा पनि आफू पार्टीले सही निर्णय गरोस् भन्ने चाहना रहेको उहाँले कार्यकर्तामाझ प्रष्ट पार्नुभएको छ ।।

तपाईको प्रतिक्रिया