विवेक विवश रेग्मी
तरहरा,जेष्ठ २४
प्रसिद्ध कलाकार हरिवंश आचार्य पछिल्लो समय आफ्नो दोस्रो पुस्तक ‘हरिबहादूर’ लिएर पूर्वका बिभिन्न ठाउँमा प्रचारप्रसारको क्रममा ब्यस्त रहेका छन् ।
मंगलबार धरानको भानुचोकमा हरिबहादूर किताबको प्रदर्शन गरिएको थियो । फाइन प्रिन्टले प्रकाशन गरेको पुस्तकको प्रचार प्रसारका लागि जेठ १३ गतेदेखि सुरु भएको ‘हरिबहादुर पुस्तक–यात्रा’को क्रममा धरानमा हरिबहादुर पुस्तक प्रदर्शन गरिएको हो । त्यस्तै बुधबार इटहरीको कोशी सेन्ट जेम्स कलेजमा ‘हरिबहादूर’ किताबको अन्तक्रिया कार्यक्रम गरिएको छ ।
तिन साता अगाडी बिमोचन भएको पुस्तक पोखराबाट पुस्तक यात्रा शुरु गरी ,चितवन,बुटवल,दाङ,कोहलपुर,सुर्खेत,धनगढी,बिर्तामोड,धरान,बिराटनगर र बिहिबार सिन्धुलीमा गई किताव यात्रा समापन हुँने छ ।
उनको पहिलो कृति ’चिना हराएको मान्छे’ बजारमा बर्षकै सबैभन्दा चर्चित र वर्षकै सबैभन्दा धेरै बिक्री भएको पुस्तक हो । चिना हराएको मान्छेको पनि किताव यात्रा गरेको उनले बताए ।


आचार्यले बुधबार इटहरीमा किताब लेखनको शुरुवात र अन्त्य कसरी गरेको भन्ने कुरा जानकारी गराए । आँफु रङ्गमञ्चमा लागेको ३७ बर्ष बितिसके पनि रङ्गमञ्च भन्दा अगाडी आँफु लेखक भएको उनले दाबी गरेका थिए ।
हाँस्यब्यङ्य मञ्चन हुँनुभन्दा पहिले लेख्ने भएको र हाँस्यब्यङ्य क्षेत्रमा जति अगाडी बढे पनि लेखक नहँुने भएकाले उनले किताब लेखन शुरु गरेको बताए ।
उनले भने ‘किताब रहरले लेखेको नभई वियोग र बेदनालाई कापीका पानामा कलमको माध्यमबाट दुःख पोख्थेँ।’ उनले थपे ‘मैले यो उपन्यास जाँगरले लेखेको नभई दुई बर्ष लगाएर लेखेको हुँ, किताबलाई धेरै समय नदिई लेखेको हुँ, थोरै लेख्दै किताब बन्यो र प्रकाशन गरेको हो । ’ कृतिमा ‘हरिबहादुर’ भन्ने एक पात्रलाई बनाएर लेखिएको बताए । उनले भने, ‘उपन्यासमा ‘हरिबहादुर’ तीक्ष्ण र नकरात्मक पात्र हो, यो पुस्तकले नकरात्मक पात्रलाई शिक्षा दिन सक्छ समाजमा रहेका नकरात्मक पात्रहरुले पनि केही गर्न सक्छ भन्ने सन्देश दिनेछ ।’ उनले आफ्नो जीवनको पनि केही भोगाइ उपन्यासमा समेटेकोे बताए ।
उनले कार्यक्रममा बोल्दै भने ‘म जिवनको बाल्यकालतिर थोरै लैजान चाहन्छु, मलाई मेरा बा,आमाले पण्डित बनाउँन खोज्नुहुँन्थ्यो तर म जय नेपाल सिनेमामा गएर सधैँ फिल्म हेर्थे,त्यसैले म कलाकारितामा आएँ । ’ अहिले आफ्ना बा आमा भएको भए पक्कै पनि खुशी हुँने कुरामा उनले बिश्वस्त दिलाएका थिए । अन्तरक्रियामा कवि मनु मञ्जिलले सहजीकरण गरेका थिए भने इटहरी आसपासका लेखक,साहित्यकारहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो । आचार्यले मंगलबार धरानमा विषेश कार्यक्रमको आयोजना गर्दै पुस्कतको प्रचार गरेका थिए । कार्यक्रमअन्तर्गत विराटनगरमा बुधबार र बिहिबार सिन्धुलीमा कार्यक्रम गर्दै उनले आफ्नो पुस्तक यात्रा सक्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया