झापा । नेपाली कांग्रेस झापाले स्थानीय तहको निर्वाचनका लागि सवै गाउँ पालिका र नगरपालिकामा उम्मेदवारको टुङ्गो लगाएको छ । गाउँ , नगर र जिल्लाबाट सिफारिस भएका केही नाममा बिबाद भएपछि उम्मेदवारको नाम केन्द्रवाट सिफारिस नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले बताउनुभयो । उहाँका अनुासर केही नगरपालिका र गाउँपालिका सहित ९ स्थानमा यसअघिनै नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको थियो ।

 

वाँकी रहेका ६ स्थानका लागि नेपाली कांग्रेसले केन्द्रबाट उम्मेदवार चयन गरेको हो । जसमा मेचीनगर नगरपालिकाको प्रमुखमा विमल आचार्य ,उप प्रमुखमा दुर्गादेवी खतिवडा, अर्जुनधारा नगरपालिकामा प्रमुखमा हेमराज खरेल, उप प्रमुखमा सरस्वती सिटौला गोले, कनकाई नगरपालिकाको प्रमुखमा एकराज उप्रेती ,उप प्रमुखमा कविता वस्नेत, शिवशताक्षको प्रमुखमा पर्शुराम ढुङ्गाना उप प्रमुखमा जयकुमारी चेम्जोङ उम्मेदवार चयन भएका छन् ।

वाह्रदशी गाउँ पालिकाको प्रमुखमा खड्गप्रसाद राजवंशी,उपप्रमुखमा रत्ना राजवंशी, वुद्धशान्ति गाउँपालिकाको प्रमुखमा रमेश भुजेल,उपप्रमुखमा चन्द्रकला भट्टराई र झापा गाउँपालिकाको उपप्रमुखमा वसुन्धरा थपलिया उम्मेदवर चयन भएका छन् ।यसअघि नै बिर्तामोड नगरपालिकाका लागि प्रमुखमा जलकुमार गुरुङ, उप प्रमुखमा पार्वता गिरी, दमकको प्रमुखमा ढुण्डीराज भण्डारी, उप प्रमुखमा रेगिना भट्टराई,भद्रपुरमा गणेश पोखरेल, उप प्रमुखमा तारादेवी भुर्तेल, गौरादहमा रोहितकुमार साह उपप्रमुखमा सुमित्रा खरेल ढुङ्गेललाई उम्मेदवार तोकिएको छ ।

 

त्यस्तै कमल गाउँपालिकाको प्रमुखमा हुकुमसिंह राई र उपप्रमुखमा दीपा गौतम,केचनाकवल गाउँपालिका प्रमुखमा कालेन्द्रप्रसाद राजवंशी, उपप्रमुखमा गीता ओडारी खरेल, हल्दिवारीको प्रमुखमा दिलीपकुमार मावो, उपप्रमुखमा चन्द्रकला राईलाई उम्मेदवार तोकिएको छ । गौरीगञ्ज गाउँपालिकाको प्रमुखमा फूलवती राजवंशी र उपप्रमुखमा दीपेन्द्र थापा र झापा गाउँपालिकाको प्रमुखमा जयनारायण साहलाई उम्मेदवार तोकिएको छ ।

तपाईको प्रतिक्रिया